नेकपा माओवादी केन्द्र

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

१६ माघ, काठमाडाैं ।    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। माओवादीले स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो। पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए। माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ। रास्वपाबाट सभापति रवि लामिछाने यसअघि उपप्रधान एवं गृहमन्त्री थिए। गत शुक्रबार नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै उपप्रधान र गृह मन्त्रीबाट उनले राजीनामा दिएका थिए।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.