पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छाैँ : अध्यक्ष छन्त्याल
३१ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु ९ वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित ढाेरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बान बहादुर छन्त्यालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढाेरपाटन नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्…
