टोपबहादुर रायमाझी

पूर्वमन्त्री रायमाझी पक्राउ

पूर्वमन्त्री रायमाझी पक्राउ

काठमाडौं ।  पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी भैरहवाबाट बिहीबार बिहान पक्राउ पर्नुभएको प्रहरी स्रोतले जानकारी दिएको छ । उहाँलाई बिहीबार नै काठमाडौं ल्याइने तयारी भएको छ । रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन् । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । उहाँका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.