वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष बाहुन
१७ जेठ, काठमाडौँ । अजयमेरु गाउँपालिकाको वडा न. १ साबिकको समैजी गा.वि.स.हो । २९.८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडाले अजयमेरु गा.पा.को १९.९८ प्रतिसत भूभाग ओगटेको छ । जम्मा जनसंख्या २८९३ रहेको यो वार्डमा महिला १४२२ रहेका छन भने पुरुष संख्या १४७१ रहेको छ । कोला समैजी, कैलपाल मन्दिर, समैजी कैलपाल मन्दिर यस वडाका प्रमुख धार्मिकस्थल हुन् । यस गाउँपालिकामा ६ वडा कार्यालय रहेका छन् । समाज सेवा तथा व्यवसायमा आवद्ध रहेका रमेश प्रशाद बाहुन २०७९ सालको स्थानिय तहको निर्वाचनमा अजयमेरु गाउँपालिकाको वडा नम्बर ३ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । चालु आर्थिक बजेटबाट…
