स्थानिय बासीको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु : वडा अध्यक्ष राना
२९ जेठ , काठमाडौं । कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो । १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३।४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ । समाज सेवा, राजनिती आवद्ध रहेका राना २०७९ सालको स्थानिय तहको निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ९ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। यस वडा मध्य वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले…
