सन्दीप लामिछानेको रिट न्यायाधीश खतिवडाको इजलासमा

Share Icon

१२ फागुन, काठमाडाैं ।  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ।

आज न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन्। तीमध्ये लामिछानेको रिट अन्तिममा छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ।

उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन्।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पटानले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.