Share Icon

१५ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट खेलको सेमिफाइनलमा ओमानविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

पावर प्ले सकिंदा नेपालले चार विकेट लिएको छ । सोमपाल कामीले दुई, करण केसी र गुल्शन झाले एक/एक विकेट लिएका छन् ।

सोमपालले ३.१ ओभरमा अकिब इलियास र ५.४ ओभरमा शोयब खानलाई आउट गराए । गुल्शन झाले पाँचौं ओभरको अन्तिम बलमा झाले ओमानका ओपनर प्रतिक श्रीकान्त अथावलेलाई आउट गरे । झाले प्रतीकलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए ।

ओमानविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले पहिलो ओभरको पाँचौं बलमै विकेट लिएका छन् । ओमानका कश्यप प्रजापतिलाई करणले आउट गराए ।

Facebook Comments Box

Share Icon