प्रधानमन्त्री प्रचण्ड आज राष्ट्रिय सभामा बोल्दै

Share Icon

२३ जेठ , काठमाडौं ।  संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा बुधबार ९आज० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्।

अहिले सवा ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि छलफल सुरू हुनेछ।

‘राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने र अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ,’ संसद् सचिवालयले जानकारी दिएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.