Share Icon

२३ बैशाख, काठमाडाैं ।   हेलिकप्टर दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय भविन गुरुङ रहेको तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए।भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए।

हेलिकप्टरले अरुण तेस्रोको सामान बोकेको थियो। घाइते भएका विक्रम शंकरको खाँदबारिमा नै उपचार भइरहेको र मनोज थापा, छिरिङ भोटे र सुरेन्द्र पौडेललाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

All reactions:

1

Facebook Comments Box

Share Icon