Share Icon

♥ हस्ता विष्ट

६चैत्र, काठमाडाैँ । बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि।मि। क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ।व। २०७०र७१ ९२०७१ बैशाख २५ गते० मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो।

वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा।वि।सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बल बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बन्दिपुर गाउँपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष बल बहादुर गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

बल बहादुर गुरुङ वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले व्यापार व्यवसायमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

बन्दिपुर गाउँपालिका वडा नं. ६ मा वडा र पालिकाबाट जम्मा बजेट ९० लाख र प्रदेशबाट ७ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष बल बहादुर गुरुङले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ”  वडामा पहिलो प्राथमिकता सडकलाई दिए साथसाथै स्तरउन्नति गर्दै ग्राभेल गर्ने, कुनै बाटो ढलान गर्ने, नालि बाटो बनाउने र आफ्नो कार्यकालमा सबै टोल टोलमा बाटो पुराएर बारै महिना गाडि मोटर चल्ने बाटो बनाउने लक्ष्य राखेको छु । ”

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको क्षेत्रमा बन्दिपुर गाउँपालिकाको स्वास्थ्य केन्द्र नै यसै वडामा रहेकोले स्वास्थ्य केन्द्र जाने बाटो सहजको लागि मर्मत सम्भार गर्ने, स्वास्थ्य चौकीको भवन मर्मत सम्भार गर्ने र स्वास्थ्य सम्बन्धि टोल टोलमा गएर स्वास्थ्य जनचेतनामुलक कार्यक्रमहरु गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसामय बनाउनको लागि सिचाईको लागि कुलोको मर्मत सम्भार गर्न संघसंग समन्वय गरेर मन्त्रालयमा निवेदन पेश गरेको र बजारीकरणमा बृद्धि गर्नको लागि बाटोको मर्मत सम्भार गर्ने काममा विशेष जोड दिएका वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” महिलाहरुलाई लक्षित गर्दै हरेक ठाउँमा महिलाहरुलाई अगाडि ल्याउन, महिलाको पहुँच बढाउन, नेतृत्व विकास गर्न लागि विभिन्न सिपमुलक तालिमहरु र महिला सशक्तिकरणका तालिमहरु सञ्चालन गर्ने योजनामा रहेको छ । ”

वडा अध्यक्ष बल बहादुर गुरुङले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon