राजापुरमा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न

Share Icon

◊सागर परियार

बर्दिया राजापुर।  बर्दिया राजापुर नगरपालिका वडा न ४ मा वडा स्तरीय बाल क्लबको बैठक तथा बिपद सम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरिएको छ ।

राजापुर नगरपालिकाको आयोजना मा संचालक गरिएको कार्यक्रममा बोल्दै वडा बिदुर पोखरेल ले बालबालिका का भन्नेका भोलि का कर्णदार हुन उनी हरुबाट नै एउटा असल सभ्य समाजको कल्पना गर्न सक्ने बताउदै समुदाय मा कुनै किसिमको बिपद पर्दा त्यसको खबर

पनि आजभोली का बालबालिकाले सामाजिक संजाल बाट खबर पुगाउन योगदान गर्ने बताउदै हाम्रो नगरपालिका का मा अझपनि ४७ बालबिबाह भैरहेको छ आफुले सो कार्यलाइ कम गराउन आफ्ना वडामा रहेका रहेक टोल मा त्यस सम्बन्धि सचेतानामुलक कार्यक्रम संचालित गरेको सो कार्यक्रम बाट केही हद सम्म भए पनि बालबिवाह कम हुने बताउदै बालबालिका का रहेक कुरा मा अहम भुमिका हुने बताउनु भएको छ ।

राजापुर नगरपालिकाका सूचना शाखा प्रमुख खुशिराम थारु का अनुसार बाल क्लबको बैठकमा बिपद सम्बन्धि जानकारी किन गरिएको बारेमा स्पष्ट पार्नु भएको थियो उहाँ का अनुसार आजका बालबालिका भन्नेका डिजिटल युगका हुन सबैले हिजोआज प्रयोग गरिने साधन

मोबाइलमा बिपद बारे सम्पुर्ण जानकारी लिन सकिने यस क्षेत्र मा १२ किसिममा बिपद रहेता पनि मुख्य भन्नेको बाढी को प्रमुख बिपद रहने बालबालिकालाई बिपद सम्बन्धि तालिम दिनुको मुख्य कारण त्यस्ता कुनै प्रकार का बिपद संबंधित जानकारी समयमै थाहा पाउँदा समुदायमा खबर पुगाउने र सक्के सम्म कम क्षती हुने बताउनु भएको छ ।

सो कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता थारुले संचालित गर्नु भएको उक्त कार्यक्रममा वडा सदस्य बिपद स्वयंसेवक, १७ जना बालबालिका तथा पत्रकारहरुको उपस्थिति मा कार्यक्रम सम्मापन गरिएको थियो । 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.