शिक्षालाई पहिलाे प्राथमिकता दिदै वडा अध्यक्ष तिवारी
२६ माघ, काठमाडाै । ताप्लेजुङ जिल्लाको पाथिभरा पाङवरक गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पुर्ण बहादुर तिवारी ।
पछिल्लो समय ताप्लेजुङ जिल्ला स्थित पाथिभरा पाङवरक गाउँपालिका वडा नं.३ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तिवारी अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष तिवारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
वडा अध्यक्ष पुर्ण बहादुर तिवारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”
वडा अध्यक्ष तिवारीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”
उहाँले भन्नुभयो, “हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ । ”
वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले कतिपय योजनाहरु सम्झौता भइसकेको र अबको केही समयमा काम पनि सुरु हुने जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष तिवारी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनेका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडा लाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अध्यक्ष तिवारी सग कुरा गदै जादा हाम्रो प्रश्न, अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”







