Share Icon

माघ, काठमाडाैं।  उदयपुर त्रियुगा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष घमान सिहं खत्री ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुन निर्वाचित हुनुभएको छ ।

वडाध्यक्ष खत्री भन्नुहुन्छ, आफ्नो वडामा बाढीको समस्या रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ खोलानालाको भय वडामा धेरै रहेको छ, पश्चिम बाट बगेर आउने खोलाले सयौँ विगा जग्गा जमीन नष्ट, सयौँ व्यक्तिहरूको धनजनको क्षति पुर्याएको र सुकुम्बासी बन्न पुगेको पनि बताउनु भयो ।

उहाँले भन्नभयो’ ‘यो समस्याको लागि पनि वडाबाट बजेट छुट्याइएको र वडाको बजेट मात्र नभई प्रदेश सरकार सग पनि पहल गरेर खोलानालामा तटबन्धन गरेर समस्या सुल्झाउने छ ।’

वडाध्यक्ष खत्रीले भन्नुभयो, ‘हामी निर्वाचित भइसकेपछि अघिल्लो आर्थिक वर्षमा बाँकी रहेको योजना तथा कार्यक्रमहरु राम्रो तरिकाले सम्पन्न गरेका छौँ ।’

उहाँले भन्नुभयो, ‘निर्वाचीत पश्चात अघिल्ला वर्षमा बाँकी रहेका सडकबत्ती, बाटोघाटोका काम पनि सफलतापूर्वक सम्पन्न गरिएको र नयाँ योजनाहरुमा पनि ध्यान केन्द्रित गरेका छौँ ‘ ।

उहाँले भन्नुभयो, ‘वाषीक बजेट अनुसार वडामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर विकास निमार्णका काम भइरहेको छ। त्यसैगरी युवालाई लक्षीत गरेर स्वरोजगार कार्यक्रम र महिला लक्षीत कार्यक्रम पनि राखेको छ ।’

त्यसैगरी कृषी सम्बन्धी अगुवा कृषकहरुलाई कृषी सामाग्री, तालीम, बिउबीजन र कृषी मुखी टनेलहरुको लागी पनी बजेट विनीयोजन गरीएको उहाँले बताउनुभयो ।

अध्यक्ष खत्री भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सडक, स्वस्थ्य, शिक्षा, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्र लगाएत चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर सुन्दर र समृद्धिको विकास गर्दै आफनो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको छ । ‘

Facebook Comments Box

Share Icon