चिनियाँलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

Share Icon

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक अधिकृत पक्राउ परेका छन्।

बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्र पठाएको थियो। उनीमाथि जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत हुँदा चिनियाँलाई नागरिकता दिएको आरोप छ। चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु थिए।

उनले चिनियाँ नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिलाएको आरोप छ। उनीहरु ६१ किलो सुन तस्करीको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.