एसीसी वुमन्स प्रिमियर कप : नेपालको एसिया कप खेल्ने सपना अधुरै, मलेसियासँग पराजित

Share Icon

काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनलमा नेपाल पराजित भएको छ ।

यससँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ। नेपाललाई घरेलु टिम मेलसियाले ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले एक बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा ११५ रन जोड्यो।

नेपालका लागि कप्तान इन्दू बर्माले ३७ बलमा २ चौकाको मद्दतमा २९ रन जोडिन्। यस्तै ओपनर कविता कुँवरले रनआउट हुनुअघि २३ रन बनाइन्। सीता रानामगर ६ रनमा रनआउट हुँद रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान गरिन्।

डोली भट्टले १४ बलमा १ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाइन्। मलेसियाले अब उपाधिका लागि आइतबार युएईसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डमाथि ४ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.