वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष शाही

Share Icon

७ मंसिर ,काठमाडाैं ।  तुर्माखाँद गाउँपालिका प्रदेश नं.७ अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो । साविक रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गाविस मिलेर बनेको बनेको यो गाउँपालिका २३२।०७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । तुर्माखाँद गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन ।

तुर्माखाँद गाउँपालिकामा प्रायः जसो सबै वडामा अहिले विकासले फड्को मारिरहेको छ । पछिल्लो समय वडा नम्बर ८ मा व्यापक विकासका गतिविधिहरु भइरहेका छन्।

तुर्माखाँद गाउँपालिकास्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष निरक बहादुर शाही।

वडाका गतिबिधि निरन्तर तिब्र गतिमा गर्दै पहिलो चालु आर्थिक वर्षको बजेटबाट ९५ प्रतशित काम वडाको भईसकेको छ र बाँकी काम चाडै सक्ने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले समाज सेवामा रहदा जगाएको उत्साह कै कारण जनताले उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन्।

वडामा धेरै समस्या छन् । हाम्रो समाजको मनोविज्ञान विकसित भएको छैन । अझै फराकिलो सोचका साथ अगाडी बढ्न सकिरहेका छैनन् । सचेत छैनन् । छोटो भन्दा छिटो काम प्राप्त गर्न चाहान्छ । यो राम्रो कुरा हो तर हरेक कुरा तुरून्त हुन सक्दैन बिस्तारै समस्या सबै समाधान हुन्छ । वडा अध्यक्ष निरक बहादुर शाहीले बताउनुभयो।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। शाहीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

८ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ८ का वडा अध्यक्ष शाहीले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा व्यवसायमा आबद्ध रहनुभएका शाहीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

वडा अध्यक्ष निरक बहादुर शाहीले वडा खबरसंग कुरा गर्दै  भन्नुभयो, ‘ खानेपानिको समस्या समाधान गर्न अहोरात्र लागीरहेको छु । जसरी हुन्छ स्थानियहरूको यो समस्या कसरी समाधान गर्ने भनेर लागेर छु यो वर्षमा समधान गर्ने लक्ष्यका साथ अगाडि बढ्को छु ।’

यसअघिको निरन्तर रूपमा समाजसेवामा रहँदा उहाँले गरेका गतिबिधि तथा स्थानियका समस्या प्रतिको लगावका कारण जनताले यसपालि  शाहीलाई जिताएका हुन्। पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ।

उहाले भन्नुभयो, ‘बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू अगाडी बढाएका छौँ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको तथा काम गर्नपर्ने जानकारी दिनुभयो। उहाँले भन्रुभयो,’स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ। जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा सदस्यबाट वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

क्रमागत रूपमा विकास हुने छ । सबै समस्याहरूको सम्बोधन गर्ने छु । वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.