तुलसीपुरको फोहर अस्थायी डम्पिङमै बिसर्जन

Share Icon

२४ साउन,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

स्थानीयले पटक–पटक स्थायी व्यवस्थापनको माग गरिरहेका छन् । तर पनि त्यसको स्थायी व्यवस्थापन गर्न सकिएको छैन । स्थायी व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा जग्गासमेत खरिद गरियो । तर त्यहाँका बासिन्दाले फोहर फाल्न दिएका छैनन । अन्य स्थानको पनि खोजी भइरहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

हाल तुलसीपुर–१८, १९ र १६ का विभिन्न स्थानमा फोहर व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेको छ । “हामीले विभिन्न स्थानमा जग्गा हेरेका छौँ, वडा नं १६ ले पनि साढे तीन बिघा जति जग्गा दिने भनेको छ”, उहाँले भन्नुभयो, “अहिले फोहर फाल्दै आएको स्थान अस्थायी हो, त्यहाँ फोहर फाल्दा एयरपोर्टलाई समेत असर गर्दै आएको छ ।”

करिब चार बिघाजति जग्गा पाइएमा निजी क्षेत्रलाई जिम्मा दिने तयारी छ । फोहरबाट मल निकाल्नेदेखि अन्य सामग्री निर्माण गर्ने गरी तयारी गरिएको प्रमुख खड्काले बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.