दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै

Share Icon

१७ साउन,घोराही । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् ।

तथ्याङ्कले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने सङ्ख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१.९, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा तीन हजार सात सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । जसमा घरेलुतर्फ १४.८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७.५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका तीन हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४.९, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४.८, व्यापारमा ४२.४, यातायातमा ११.२, सेवामा ६.४, अन्य क्षेत्रमा २५.२ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा चार सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दङ्गीशरण गाउँपालिकामा पाँच सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्याङ्कले देखाएको छ । जसमा घरेलुतर्फ १८.७, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार तीन सय १८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४.५, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या एक हजार चार परिवार छन् ।

त्यसमध्ये घरेलुमा २८.४, व्यापारमा ४७.२, यातायातमा १०.९, सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२.८, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ ।
–––

Powered By Orson Infotech

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.