खानेपानीको विषयमा नगरपालिकाको गंभिर ध्यानाकषंण भएको छ : मेयर थपलिया

Share Icon

१६ जेठ, काठमाडाैं ।  खाँदवारी नगर अहिले खानेपानीको चरम अभावमा छ । माङ्गसिमा खानेपानी समयमा सम्पन्न नभएको र सम्पन्न हुने टुङ्गगो नभएको कारण देखाउदै हिजो नगरका सचेत युवाले खवरदारी सभा गरे पछि आज नगरपालिकामा सर्वदलिय वैठक वसेको हो ।

सचेत समुहको नेतृत्व गर्दै क्षितिज वरालले नगरवासीकोे माङ्गसिमा खानेपानी आयोजनाको उपभोक्ता समितिले हजारौ रुपया धरौटी राखेको वैदेशिक रिण समेत लिए आयोजना समयमा सम्पन्न नगरेको ले उक्त रुपयाको खोजी समेत गरेका थिए ।

आजको खानेपानी समस्या समाधानका लागि सर्वदलीय छलफल खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्युले खाँदबारी नगर बासीहरुले भोग्दै आउनुभएको खानेपानीको समस्यालाई मुख्य एजेन्डा बनाई जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रमुखहरु सङ्ग सर्वदलीय छलफल गर्नुभएको छ ।

माङसिमा खानेपानी आयोजनाको उपभोक्ता समितीको परिमार्जन सहित खानेपानी समस्याको दिगो समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुँदै तुरन्त निकास निकालिने समेत मेयर थपलिया वताउनु भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.