राजदूत शर्माले भेटे भारतीय विदेश मन्त्री

Share Icon

काठमाडाैं । भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

राजदूत शर्माले सामाजिक सञ्जालमार्फत् विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण अर्को साता हुँदै छ। भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्ने तयारी छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल गर्न राजदूत शर्माले विदेश मन्त्री जयशंकरसँग भेट गरेको देखिन्छ।

भेटमा दुबै जनाले आगामी दिनमा नेपाल भारत सम्बन्धलाई झन् गहिरो र मजबुद् बनाउने इच्छा र प्रतिवद्धता व्यक्त गरेको राजदूत शर्माले उल्लेख गरेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.