संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, एक जनाको अवस्था नाजुक
२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । ८ माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका छन् ।
भोटखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बाल कुमार राईका अनुसर चालक सहित ५ जना सवार उक्त हेलिकप्टर एक जनाको अवस्था नाजुक रहेको छ ।
वडा अध्यक्षले जानकारी दिएकाे तर विस्तृत विवरण नआएको बताए जनाईएकाे छ ।
सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसका लागि आयोजनाले सिम्रिक एयरसँग सम्झौता नै गरेको थियो ।







