मापसे चेकिङमा तिब्रता दिदै कुसम ट्राफिक प्रहरी

Share Icon

२१ बैशाख ,काठमाडाैं ।  दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा अस्थाई ट्राफिक पोष्ट कुसुमले मादक पदार्थ सेवन ९मापसे० चेकिङमा कडाइ गरेका छन् । दुर्घटनाको प्रमुख कारण मापसे भएकाले यसको न्यूनीकरणका लागि मापसे चेकिङमा कडाइ गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख तिलक बहादुर सुनारले जनचेतनामूलक कार्यक्रमसँगै बाँकेका सबै ट्राफिक कार्यालय र यूनिटहरुलाई निर्देशण भएकोले अस्थाई ट्राफिक पोष्ट कुसुममा मापसे चेकिङलाई तिब्रता दिएको अस्थाई ट्राफिक पोष्ट कुसुमका इन्चार्ज प्रकाश वि।कले जानकारी दिएका छन् ।

मुख्य गरि पूर्व पश्चिम सडकखण्डमा मापसे चेकिङलाई प्राथमिकता दिइएको छ । ईलाका प्रहरी कार्यालय कुसुम र अस्थाई ट्राफिक पोष्ट कुसुमको संयुक्त प्रयासमा मापसे चेकिङमा कडाइ गरिएको
हो। पश्चिम नेपालका धेरै जिल्लाहरुमा आउने जाने महेन्द्र राजमार्गमा दुईतर्फिरुपमा चेकिङ गरिएको उनले बताएका छन् ।

मापसे चेकिङमा परेकालाई जरिवानासँगै मापसे सम्बन्धी अनिवार्य प्रशिक्षण दिने गरिएको अस्थाई ट्राफिक पोष्ट कुसुमका इन्चार्ज साहाकय निरीक्षक ९सई० प्रकाश वि।कले जानकारि दिएका छन् ।

उनले मापसे गरेकालाई अनिवार्य प्रशिक्षण दिन्छौं,’ उनले भने, ‘दैनिक ५० देखि ७० जना जतिलाई मापसे प्रशिक्षण दिने गरेका छौं ।’
उनी भन्छन्, ‘सवारी दुर्घटनामा हरेक महिनामा मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । तर मापसे चेकिङ थालेपछि दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या न्युन भएको छ । ’ यस्तै राजस्व संकलनमा पनि वृद्धि भएको जनाइएको उनले जनाएका छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.