सामुदायिक वनकै अध्यक्ष अवैध काठसहित पक्राउ

Share Icon

महेश्वर चामलिङ राई

६ बैशाख ,उदयपुर । उदयपुरको एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष आफै काठ चोरी निकासी अभियोगमा पक्राउ परेका छन्। समूहको वन क्षेत्रबाट ट्याक्टरमा गोलीया काठ निकाल्दै गरेको अवस्थामा फेला परी त्रियुगा नगरपालिका ५ स्थित अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिल बहादुर ग्रञ्जा मगर पक्राउ परेका हुन्।

वन समूहको दमौटीस्थित कोरिया खोला जङ्गलबाट स १ त ७०४८ नम्बरको ट्याक्टरमा काठ लिएर आउँदै गरेको अवस्थामा वन कर्मचारी टोलीले फेला पारी पक्राउ गरेको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ।

अध्यक्ष आफैले जङ्गलबाट अवैध काठ निकाल्दै गरेको भन्ने स्थानीयको सुराकीका आधारमा डिभिजनबाट खटेको टोलीले उनलाई रंगेहात भेटेर नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत (डिएफओ) इन्द्रप्रसाद सापकोटाले बताए।

‘स्थानीयले अवैध काठ निकालिरहेको भन्ने खबर गरे अनुसार टोली खटायौँ’ डिएफओ सापकोटाले भने ‘टोलीले ट्याक्टरमा गोलीया काठ लिएर आउँदै गरेको पाएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’

प्रारम्भिक बयानमा अध्यक्ष मगरले काठ चोरी गरेको नभई घाटगद्धी गर्न ल्याउँदै गरेको बताएको पनि डिएफओ सापकोटाले बताए। तर, काठ कटान छपानको आदेश समूहले डिभिजनबाट लिएको प्रमाण नपाइएको उनले बताए।

बरामद काठ साल जातको परिमाण ४०।१६ क्यूविकफिट रहेको डिभिजनले जनाएको छ। ३ गतेको घट्नामा संलग्न अध्यक्ष मगरलाई वन पैदावार हानी नोक्सानी अभियोगमा जिल्ला अदालत उदयपुरबाट आइतबार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिभिजनका सूचना अधिकारी जागेश्वर साहले बताए। उनका अनुसार घट्नाको सत्य तथ्य पत्ता लगाउन सब(डिभिजन वन कार्यालय देउरीका सहायक वन अधिकृत शिवनारायण यादवलाई अनुसन्धान अधिकृत तोकेर छानबिन भइरहेको छ। यादवलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

ट्याक्टर चालक भने घटना लगत्तै फरार भएकाले खोजी भइरहेको सब(डिभिजन कार्यालय देउरीका रेञ्जर बाबुराम फुयालले बताएका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.