Share Icon

५ बैशाख ,काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ।

अध्यक्ष धनेन्द्र कार्कीले आफनो जन्मदिनको शुभ अवसरमा ३४ जना विद्यार्थीहरूलाइ व्यक्तिगत रूपमा शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।

उहाँले वडा अन्तरगत परमेश्वर प्रा.वि सल्लिकोटका ३४ जना विद्यार्थीहरूलाइ व्यक्तिगत रूपमा स्कुल झोला वितरण गर्नुभएको वडा सचिव‍‍‍‍‍‍‍‍ माधवा घिमिरेले बताउनुभयो ।

जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नु भन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकाले आफूले व्यक्तिगत रूपमा उक्त सामाग्री वितरण गरेको बताएका छन्। आफु पनि सामुदायिक विद्यालयमा अध्ययन गरेको बताउँदै उहाँले आफूले वितरण गरेको शैक्षिक सामाग्रीले निम्न वर्गीय विद्यार्थीहरुलाई थोरै भएपनि मलम पट्टी लाग्ने भएकाले उक्त सहयोग गरेको बताएका छन्।

सामाजिक क्षेत्रमा निकै सक्रिय भई समाजसेवा गर्दै आउनुभएका वडा अध्यक्ष कार्कीले विद्यार्थीहरूको उज्वल भाविष्यको कामनासमेत गर्नुभयो ।

वडा अध्यक्ष जनप्रतिनिधिसँगै एक सामाजिक व्यक्तिको रुपमा पनि स्थापित हुनुहुन्छ ।

 

 

 

Facebook Comments Box

Share Icon