घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रचण्ड

Share Icon

२१ फागुन, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तराष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनु भएको छ । हामी एक ठाउँमा केन्द्रित भयो भने अजय हुन्छौं ।’

तर आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा पनि विग्रिने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले चर्को भन्न हुन्न, तपाईंहरुले भन्दा हुन्छ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.