Share Icon

८ फागुन ,सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिकाले विबाहका लागि वडाको सिफारिसलाई अनिवार्य गरेको छ ।

७० प्रतिशत मगर जातिको बाहुल्यता बढी भएको उक्त पालिकामा बढ्दो बालविबाह न्यूनिकरणकालागि गाउँसभा बैठकबाटै विबाहकालागि वडाको सिफारिस अनिवार्य गरेको प्रशासकिय अधिकृत भरत कुमार वलीले बताए ।

हिमालय न्यूज हबसंगको कुराकानीमा उनले यो प्रकृया यही फाल्गुन १५ गतेदेखि लागू गरिने बताए । उनका अनुसार कपुरकोट गाउँपालिकामा यो प्रकृयाले बालविबाह न्यूनिकरणमा जनचेतनाकाको काम गर्ने विश्वास गरिएको छ ।

उनले भने,‘यो ठाउँमा १८ वर्ष मुनिका बालिबालिकाहरुले विबाह गर्ने क्रम बढ्दै गएको हुनाले हामीले अब उप्रान्त विबाहका लागि वडाको सिफारिसलाई अनिवार्य गरेका हौं । यदि कसैले पालिकाद्धारा गरिएको यो नियमलाई मान्दैन र आफु खुशी विबाह गर्छ भने उक्त विबाहलाई सदर गरिंनेछैन ।’

कुराकानीकै क्रममा उनले थपे,‘विबाह गर्न चाहाने जो कसैले पनि आफ्नो वडामा गएर नागरिकता र जन्मदर्ता देखाउनु पर्नेछ । यदि कागजातमा उमेर पुगेको रहेछ भने हामीले शुभकामना दिएर विबाहकालागि अनुमति दिनेछौं र यदि उमेर पुगेको रहेनछ भने हामीले विबाहका लागि अनुमति दिनेछैनौं ।’

प्रशासकिय अधिकृत वलीका अनुसार गत वर्ष स्वास्थ्य चौकीमा चेकजाँच गराउन पुगेका गर्भवती महिलाहरु मध्य प्राय नाबालिकाहरु नै थिए ।

जस्मा २० जना जति १४ देखि १६ वर्षका थिए । उमेर नपुगेर विबाह गर्दा सल्यानमा मातृ मृत्युदर र शिशु मृत्युदरको संख्या बढेको वलीले बताए ।

तथ्याकिय आधारमा पनि मातृ मृत्युदर र शिशु मृत्युदरको संख्या बढ्दै गएको अवस्थामा त्याहाँका शिक्षा शाखा, स्वाथ्य शाखा लगाएत सम्पुर्ण सम्बन्धित निकायको सल्लाहमा पालिकाले अब उप्रान्त विबाह गर्दा वडाको सिफारिसलाई अनिवार्य गराउन बाध्य भएको उनको भनाई थियो ।

बालविबाह न्यूनिकरणका लागि कपुरकोट गाउँपालिकाले गरेको यो निणर्य नेपालको गाउँपालिकाहरु मध्यको पहिलो निर्णय हो । प्रशासकिय अधिकृत भरत कुमार वलीका अनुसार विबाह गर्नु पुर्व वडामा गएर गरिने सिफारिसमा कुनैपनि प्रकारको शुल्य लाग्नेछैन ।

बालविबाह न्यूनिकरणका लागि पालिकाद्धारा गरिएको निणर्यलाई सबैको साथ र सहयोग हुन सक्यो भने कपुरकोटमा बाल मृत्युुदर र मातृ मृत्युदरको संख्यामा निकै ह्रास आउने प्रशासकिय अधिकृत वलीले बताए ।

Facebook Comments Box

Share Icon