पदक विजेता मुक्केवाज सम्मानित

Share Icon

४ जेठ , काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले एएसबिसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ ।

गत जनवरी १८ देखि २६ तारिखसम्म थाइल्याण्डको बैङ्ककमा भएको उक्त प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कास्यपदक जित्नुभएको थियो । पुरुष ८६ केजीमा विजय बाटाले नेपाललाई कास्यपदक दिलाउनुभएको थियो ।

सम्मानस्वरुप सुष्माले रु २० हजार पुरस्कार पाउनुभयो । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा सबैभन्दा ठूलो पदक हो । बाँकी कास्यपदक विजेताले जनही रु १० हजार पुरस्कार पाउनुभयो । झापाकी त्रिशा भने प्राविधिक कारणले कार्यक्रममा उपस्थित हुनुभएन ।

सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठ पनि जनही रु पाँच हजार नगदसहित सम्मानित हुनुभयो भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित हुनुभयो । उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद मीना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसापत्र प्रदान गर्नुभयो ।

खेलकुदमन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमान्दार प्रयास गर्ने बताउनुभयो । त्यस्तै नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशका अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिवृद्धि गर्न सङ्घले खेलाडीलाई सम्मान गरेको बताउनुभयो ।–––

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.