वडामा शिक्षा, कृषि, खानेपानी र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष थापा
♥ हस्ता विष्ट
२ चैत्र, काठमाडाैँ । भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७०५४९ उत्तरी अक्षाँश देखि २८००१२५ उत्तरी अक्षाँशसम्म र ८३०५८२.३७ पूर्वी देशान्तर देखी ८४००९४९ पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर ९ देखि अधिकतम १३४७.०३ मिटर ९ कोटबाराही सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।
नेपाल सरकारको मिति २०७३ फाल्गुण २७ गते प्रकाशित राजपत्र वमोजिम भिमाद नगरपालिका विधिवत रुपमा स्थापना भएको हो । साविकका ४ वटा गा.वि.स. हरुको पूरै भूभाग र ४ वटा गा.वि.स.का केही भूभागहरु समावेश गरेर देहाय वमोजिम ९ वटा वडाहरु रहने गरी यस नगरपालिकाको गठन भएको छ ।
तनहु जिल्लामा अवस्थित भिमाद नगरपालिका वडा नं. ५ का वडा पदम बहादुर थापा स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
भिमाद नगरपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पदम बहादुर थापा ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थापा अहोरात्र खटिरहनुभएको छ ।
भिमाद नगरपालिका वडा नं. ५ मा जम्मा बजेट नगरबाट १ करोड १० लाख, १ करोड ९३ लाख प्रदेशबाट र संघबाट १७ लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष पदम बहादुर थापाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष थापा भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरू मध्ये ८० प्रतिशत सम्पन्न भइसकेकाे र बाकी २० प्रतिशत कामहरु सम्पन्न हुन लागेको छ । ”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थापाले बताउनुभयोे ।
वडा अध्यक्ष थापाले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि, खानेपानी र बाटोलाई दिए साथसाथै वडामा रहेको बाटोहरुको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु भईरहेको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना मर्मत सम्भार गर्ने योजनामा हरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” कृषिको क्षेत्रमा विशेष जोड दिदै कृषिलाईव्यवसायमय बनाउनकाे लागि विभिन्न उन्नत जातका बिउँ विरूवा वितरण गरेकाे, फलफुल खेतिलाई प्राेत्साहन गर्न उन्नत जातका फलफुलकाे विरूवाहरू वितरण गरेकाे र सिचाई गर्नकाे लागि बाथ कुलो निमार्ण गर्ने काम भईरहेको छ । ”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने काम सम्पन्न भईसकेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य सम्बन्धी सेवाहरु दिईरहेको उहाँले बताउनुभयो । खानेपानीकाे क्षेत्रमा एक घर एक धारा १२ टाेल मध्ये ४ टाेलमा पुराउन बाकी रहेकाे र उक्त धारा पुराउनकाे लागि तिव्र गतिमा कामहरू गरिरहेकाे उहाँले बताउनुभयाे ।
त्यसै गरी महिलाहरु लक्षित गर्दै महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिमहरुको लागि वडाबाट बजेट विनियोजन गरेको तर के गर्ने र कहिले गर्ने भनेर फिक्स भईनसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदको लागि मैदानको स्थापना गरेको र कुलतमा फसेका युवाहरुलाई जनचेतनामुलक कार्यक्रमहरुको सञ्चालन गरेका छौ । ”
वडा अध्यक्ष पदम बहादुर थापा भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।