Share Icon

१६ जेठ, काठमाडाैं ।  देशमा परिवर्तित राजनैतिक परिस्थीति पछि मुलुक एकात्मक शासन प्रणालीवाट संघियतामा गई गठन भएका देशभरका ७५३ स्थानिय तहहरू मध्ये नवदर्गा गाउँपालिका देशको सुदुरपश्चिमी भुभाग अन्तरगत प्रदेश नं.७ को डडेल्धुरा जिल्लाको पुर्वी भागमा अवस्थीत रहेको छ । साविकका कोटेली ,मणिलेक ,नवदुर्गा र वेलापुर गा.वि.स.लाई मिलाएर वनेको यो गाउँपालिकाको नामाकरण साविकको नवदुर्गा गा.वि.स. मा अवस्थीत प्रसिद्द नवदुर्गा देवीको नाम वाट गरिएको छ । यस नवदर्गा गाउँपालिकामा ५ वडा कायम गरिएको छ।

समाज सेवामा आवद्ध रहेका सेर बहादुर साउद भाट २०७९ सालको स्थानिय तहको निर्वाचनमा नवदर्गा गाउँपालिकामा वडा नम्बर १ मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

चालु आर्थिक बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न गरेरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष साउदले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष साउदले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष साउदले बताएका हुन ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

वडाको नम्बर १ को मुख्य समस्या सडक संजाल, सिचाई तथा वडामा नेटका र विद्युतको समस्या रहेको हामी निरन्तर पहलमा छौ । काम सुरु हुुने वडा अध्यक्ष साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष भाटले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon