Share Icon

७ पाैष, काठमाडाैं । दाङ जिल्लाको राप्ति गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तिब्ब्र गतिमा भइरहेको छ । पछिल्लो समयमा वडामा व्यापक विकासका गतिविधि भईरहेका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ४ का अध्यक्ष बिर बहादुर चौधरीले जानकारी दिनुभयो ।

वडामा शिक्षा,स्वास्थ्य,खानेपानि,कृषि,बाटो सडक तथा बिजुलीका योजना तथा कार्यक्रमहरु रहेकाे उहाँले उल्लेख गर्नुभयाे। उहाँले भन्रुभयाे, ‘पुर्व अध्यक्ष ज्युकाे कार्यकालमा अधुरा विकास निमार्णका रहेका कार्यहरु तिब्ब्र गतिमा अगाडि बढिरहेकाे छाैँ।’

वडा नम्बर ४ काे आफ्नै भवन नभएकाे र वडाका सेवा घर भाडामा लिएर प्रदान गरिरहेकाे उहाँले जानकारी दिनुभयाे । साथै अब चाडै आफ्नै भवनबाट वडाका सेवा सुबिधा प्रदान गर्ने  वडाको भवन निमार्ण कार्य वैशाखसम्म सकिने वडा अध्यक्ष चाैधरी बताउनुभयाे ।

कृषि र बाटोलाई पहिलो प्राथमिकता दिएर कामहरूकाे गति बढाइरहेकाे जनकारि दिनुभयाे ।  डिपिङ ट्याङ्क निर्माण गर्ने। विद्युत पोल फिल्डमा झारि सकेको र डोलाई खोलामा पुल निर्माण को लागि बजेट माग कार्यक्रम रहेकाे बताउनुभयाे।

सिचाईको क्षेत्रको लागि बोरीङको पुनः मर्मत सम्भारको लागि योजनामा रहेको उहाँले जानकारी दिनुभयाे ।

उहाँले भन्रुभयाे, ‘बाटो ग्राभेल गर्ने काम भइरहेको छ।’

विद्युतको क्षेत्रमा भर्खरै मात्र पोलकाे काम सकेकाे अब तत्कालिन तार जडानको काम सुचारु गर्ने उहाँले जानकारी दिनुभयाे ।

खालि ठाउँमा बाटो तथा वन जंगलमा वृक्षारोपण गर्ने , सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्ने, सरसफाई केन्द्रको स्थापना गर्ने ,भिम पार्क बनाउने योजनाहरु रहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘वडा नम्बर ४ मा नागरिकता नभएका नागरिकहरुको नागरिकता उपलब्ध गराउने साथै यस वडामा शिक्षा क्षेत्रमा कक्षा १ देखी कक्षा १० सम्म निशुल्क शिक्षाको व्यवस्था रहेको छ । यस वडामा चौबिसै घण्टा आकस्मिक सेवाको लागि होस्पिटलको व्यवस्था रहेको छ।  त्यस्तै यस वडामा श्री नारायण चोक देखि उत्तरतर्फको जोलही खोलामा पक्कि पुलको लागि बजेट नपरेको र उक्त पुल निमार्णको लागि संघ र प्रदेशमा बजेटको माग गर्ने योजना मेराे याेजना छ । कतिकाे सुनवाइ हुन्छ ।’

 अन्त्यमा के भन्नुहुन्छ ?

म वडाबासी प्रति विशेष आभार प्रकट गर्न चाहान्छु । जसरी मलाई वडाबासीहरुले आफनो अमुल्य भोट दिएर मलाई वडा अध्यक्षमा जिताउनुभयो । त्यसरी जनताको विश्वासलाई निराश हुन दिनेछैन । वडाको चौतर्फी विकास र नमुना वडाको रुपमा बनाउनको लागि सदैब वडामा लागि परिरहने छु । वडाबासीहरुलाई कहिले नि निराश हुन दिने छैन ।

Facebook Comments Box

Share Icon