Share Icon

१४ बैशाख ,काठमाडाैं ।  देशभरका ७५३ स्थानीय तहका आ–आफ्नै विषेशता छन् । आर्थिक स्रोत साधन, भौगोलिक बनावट, सांस्कृतिक रहनसहन यी विभिन्न दृष्टिकोणबाट हरेक स्थानीय तह फरक फरक छन् ।

मेल्लेख गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नौले रावल ।

सुदूरपश्चिम प्रदेशमा २ वडा छन् बालमैत्री वडा घाेषणा भएकाे  त्यसमध्य हाम्राे वडा  एक हाे जाे सुदूरपश्चिम प्रदेशमा बालमैत्री वडा घाेषणा भएकाे छ ।

बालमैत्री वडा घाेषणा भएर मात्र हुदैन हाम्राे वडाका थुप्रै समस्या जस्ताका तस्तै छन् । हामी निरन्तर रूपमा लागीरहेकाे छाै । तर पनि वडामा पालिका वाट जति बजेट दिन्छ त्यतिमै वडाकाे विकास हुन सम्भब छैन् , संघ, प्रदेशमा पनि हाम्राे वडाकाे समस्या राखेका छाै । सुनवाई हुने आसा राखेका छौ । केसैले सुनेको छैन वडा अध्यक्ष्य रावलले बताउनुभयाे ।

वडा नम्बर ३ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनुभएको छ। वडा अध्यक्ष रावलले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, शिक्षा, खानेपानि,सडक, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’

उहाँले भन्नुभयो यो आर्थिक वर्पका ७५ प्रतिशत काम गरेर सकेको जानकारी दिनुभयो बाकी काम पनि चाडै सक्ने उल्लेख गर्नुभयो।

उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो । वडा अध्यक्ष रावलले बताउनुभयो एक घर एक धारा अभियान चलिरहेको छ ।

वडा अध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले व्यवसायमा आबद्ध  रहनुभएका रावल निरन्तर रुपमा वडालाई विकास निर्माणमा जोडन लागी रहनुभएको छ।

त्यसैगरी मेल्लेख गाउँपालिकामा वडाका गतिबिधि निरन्तर रुपमा अघि बढिरहेको उल्लेख गर्नुभएको छ । एक घर एक धाराको योजना यस वडामा चलिरहेको कुरा वडा अध्यक्ष रावलले जानकारी गर्नुभयो ।

वडा अध्यक्ष रावलले थप्दै भन्नुभयो, ‘सिमित बजेटमा रहेर वडाका असिमित समस्या समाधान गर्न हामी निरन्तर रुपमा लागी रहेका छौ ‘।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ। शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ।

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ३ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

 

Facebook Comments Box

Share Icon