Share Icon

♦ध्रुब कार्की

१० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गल्छी गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा यदु कुमार खतिवडा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय गल्छी गाउँपालिका स्थित १ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खतिवडा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर १ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष खतिवडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधाहरु भाडामा बसेर प्रदान गरीरहेको र फागुन महिना भित्र नयाँ निमार्ण भएको वडा कार्यलयमा सरेर वडा कार्यालयबाट प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर तरीकाले प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडामा कृषिलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा ट्याङ्कीहरु निमार्ण गर्ने कामहरु भइरहेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

वडा अध्यक्ष खतिवडाले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुमा भौतिक संरचनाहरु निमार्ण गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी सडकहरुलाई निर्माण सँगै ग्राबेल गर्ने तथा स्तर उन्नती गर्ने कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडामा स्वास्थ्य भवन निमार्ण कार्य सम्पन्न हुन लागेको छ, र उक्त स्वास्थ्य भवन निर्माण सम्पन्न भए पश्चात हामी स्वास्थ्य क्षेत्रबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै वडामा कृषिको क्षेत्रमा सिचाईको लागी पोखरीहरु निमार्ण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

त्यसैगरी हाल वडामा सामुदायिक भवनहरु निर्माण भइरहेको उहाँले बताउनुभयाे ।

वडामा बाल विवाहको क्रम बढ्दै गएको हुनाले उक्त बाल विवाहलाई रोक्ने उद्देश्यले फागुन पन्ध्र गते भित्र वडामा बाल मैत्री शासन घोषणा गर्ने योजना बनाए सँगै निरन्तर लागी परीरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खतिवडाले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई चेतना वृद्धीका लागी जनचेतना मुलकका कार्यक्रमहरु गर्ने योजना बनाएका छौँ ।”

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खतिवडा भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाको चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई सुन्दर समृद्धि बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon