शैक्षीक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष कडेल
८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा द्रोण कडेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
वडा अध्यक्ष कडेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।
पछिल्लो समय गजुरी गाउँपालिका स्थित २ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कडेल वडमा अहोरात्र खटिरहनु भएको छ ।
उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कडेलले बताउनुभयो ।
वडा अध्यक्ष कडेलले भन्नुभयो, “हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन् ।”
वडामा शिक्षालाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष ले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”
त्यसैगरी शैक्षीक क्षेत्रमा साना साना बालबालीकाहरुलाई प्रोत्साहन गर्न विद्यालयमा बयालिस इन्चको टिभी वितरण गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष कडेलले भन्नुभयो, “हामीले वडाबासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै बालीनाली उत्पादन सँगै कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यका साथ किसानहरुलाई छ छ जनाको पाँच वटा समुह बनाएर तालिम तथा कार्यक्रमहरु प्रदान गरी रहेका छौँ ।”
त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो । वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको वडा अध्यक्ष कडेलले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनीतीक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष कडेल भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







