Share Icon

२ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित नासोँ गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष निलराम गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

नासोँ गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निलराम गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

उहाँले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिता युवाहरु दिदै युवा क्लव गठन गरेर खेल मैदानको स्थापना गर्ने काम सम्पन्न भएको छ । त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा पुराउनको लागि बृहत रुपमा काम भईरहेको छ । ”

वडाको पहलबाट आमा समुहको लागि सामुदायिक भवनको निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । यो वडामा बाढी पहिरो धेरै आउने समस्या रहेकोले वडाबासीहरुको धेरै चासो पनि त्यसको रोकथाम गर्नको लागि आग्रह गरेकोले तटबन्धनको लागि प्रदेश र संघसंग समन्वय गर्ने योजनामा रहेको छ ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेको छन । उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको वडा अध्यक्ष लामाले बताउनुभयो ।

वडाको चौतर्फी विकास गर्नको लागि सदैब लागि परिरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon