Share Icon

♦ सागर परियार

२६ माघ, काठमाडाैं ।   बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७ र ९ र १० मा दिनहँ जङ्गलबाट आउने हात्तिको समुहले स्थानिय किसानको खेतमा लगाएको अन्नबालि नोक्सान गर्ने घर भत्काउने, पशुचौपाया मार्ने गर्दा स्थानिय बासि त्रसित भएका हुन ।

बर्दिया राजापुर नगरपालिका वडा न ७ शंकरपुरमा गै राती भारत तर्फ बाट आएको जंगली हात्तीले स्थानीय किसानहरूको गहुँ नोक्सानी गरेको स्थानीय किसान रामपाल यादवले बताउनु भएको छ ।

उहाँका अनुसार अाफ्नाे २ कठ्ठा को गहु र छिमेकी पुरण गोडिया को १ कठ्ठा गरि ३ कठ्ठा को गहुँ नोक्सान भएकोे बताउदै रातीको करिब ९ बजेको समयमा आएको हात्तीलाई आफू अनि छिमेकीले हल्ला गरेर ,टर्च बालेर धपाउन सफल भएको तर पनि राती ३ बजे फेरी हाती आए पछि सो समयमा कुहिरो धेरै भएको टर्चले समेत काम गर्न नसक्दा गहुँ बाली नोक्सान भएको बताउनु भएको छ ।

Facebook Comments Box

Share Icon