Share Icon

२६ माघ, काठमाडाैं ।  पुथा उत्तरगङ्गा गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन।

संखे सेना ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा संखे सेना निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा संखे सेनले बताउनुभयो।

६ नम्बर वडाका अधिकांश बस्तीमा सडक पुगाउने योजना रहेको बताउदैें स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष संखे सेनले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय पेशामा आबद्ध रहनुभएका सेनले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ ।

खानेपानी, सडक तथा विद्युत मुख्य समस्या रहेको पनि रहेको मेरो कार्यकालमा यी समस्याहरुको अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष सेनले वताउनुभयो।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon