वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं : अध्यक्ष बानिया
२४ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष धर्मेन्द्र कुमार बानिया।
गुलरिया नगरपालिका धर्मेन्द्र कुमार बानिया वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा गुलरिया नगरपालिका वडा नं. ८ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
यस अघिको २०७४ सालको कार्यकाल पनि धर्मेन्द्र कुमार बानियाको भएको विकास र जनले धर्मेन्द्र कुमार बानियालाई २०७९ सालमा पुन दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।
अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।
स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरिरहेको र काम अगाडी बढाएको वडा नम्बर ८ का अध्यक्ष बनियाले बताउनुभयोे ।
सम्रग गाउँमा आवश्यकताका आधारमा कामहरु अगाडी बढेको बताउनुभयो । हाम्रो वडामा भौतिक पुर्वाधारहरु सडक लगाएत खानेपानि, शिक्षाको समस्या रहेको यसलाई समाधान गर्न हामी लागी परेको अध्यक्ष धर्मेन्द्र कुमार बानियाले बताउनुभयो।
उहाँले भन्नुभयो , मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।
सिकाई गर्न नपरेको साथै समग्र वडाको विकास लागी नयाँ ढंगले अगाडी बढि रहेको शिक्षालाई पहिलो प्रथमिकतामा राखेर सम्रग वडामा स्वास्थ्य शिक्षा कृषि लागायतमा परिवर्तन ल्याउन निरन्तर रुपमा लागी परेको वडा अध्यक्ष बनियाले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।
वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
दोस्रो कार्यकालका लागी पुन मलाई जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिने छैन ।
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । पहिलो कार्यकालमा म जसरी लागी परेको , वडाको काममा खटेको थियो त्यो भन्दा चार गुणा वडाका लागी अहोरात्र नभनी निरन्तर सेवा प्रवाहा गर्ने साथै वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु । स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ ।







