Share Icon

२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित भीमेश्वर नगरपालिका वडा नं. ७ का बिनोद तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर भीमेश्वर नगरपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत भीमेश्वर नगरपालिका वडा नं. ७ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका वृद्धवृद्धाहरुलाई सहज हुने गरी वडाको तिन ठाँउबाट उहाँहरुले पाउने सामाजीक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेसँगै अशक्त तथा अपाङ्गहरुलाई घरमै गएर वितरण गर्ने गरेका छौँ ।”

वडामा सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु फाल्गुन महिनाको अन्तिम समयसम्म सम्पन्न हुनेगरी तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा सडकलाई विशेष प्राथमिकता दिए सँगै वडामा रहेका सडकहरुलाई नाला सहीत ढलान गर्ने योजना रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका युवाहरुलाई प्रोत्साहन गर्दै चार चार जनाको समुह बनाएर फर्म दर्ता गराएर सामुहीक खेतीकोलागि प्रती समुह चार लाखको दरले वडाले लगानी गर्ने र युवाहरुको प्रती समुह चार लाखको दरले रकम संकलन गरेर व्यवसायीक खेती संचालन गर्ने योजना बनाएका छौँ ।”

त्यसैगरी शिक्षा क्षेत्रमा उहाँले वडामा रहेका सामुदायीक विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउन विद्यालयका गतिवीधीहरुलाई व्यवस्थापन गर्ने योजना बनाए सँगै आउँदो वर्षहरुमा पनि शिक्षालाई नै प्राथमिकता दिएर अघि बढ्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका महिलाहरुलाई विद्यालय सँग जोड्दै व्यवहारीक सिप अन्तर्गत आत्म रक्षक, प्राथमिक उपचार तथा विपद् व्यवस्थापन जस्ता तालिमहरु प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेका छौँ ।

त्यसैगरी वडामा रहेका दलित तथा लक्षित वर्गहरु सँग छलफल गरेर यही वर्षबाट सुरुहुने गरी उहाँहरुले प्रयोग गर्ने आरन मात्र नभएर ग्रील तथा फलाम सम्बन्धी सम्पुर्ण कामहरु हुनेगरी कारखाना स्थापना गर्ने र केही व्यक्तीहरुलाई रोजगारी सिर्जना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडाबासीको साथ र सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिदैँ आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्ने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon