Share Icon

२४पाैष, काठमाडौं ।  जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएकाे हाे ।

दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ ।

 

दुई पार्टीबीच १२ बुँदे सहमतिमा जनमत पार्टीको अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुई पार्टीबीच टिकापुर घटनामा दोषी ठहर भइ सजाय भोगिरहेका रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबाट सम्झौता भएकै दिनबाट सुरु गर्ने, यसअघि नेपाल सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई दबाव दिने सहमति भएको छ ।

सर्वोच्च अदालतले समेत सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरुलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानूनी प्रक्रिया मार्फत सरकारलाई दवाव दिने, नागरिकताको समस्या समाधान गर्न दबाब दिने सहमति पनि भएको छ ।

यस्तै, संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदाहरुलाई कार्यान्वयनका लागि एक भएर जाने उल्लेख गरेका छन् ।

 

Facebook Comments Box

Share Icon