वडालाई नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी
१३ पाैष,काठमाडाैं। कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.७, का दिनेश कुमार चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा दाेस्राे पटक निर्वाचीत हुनुभएकाे छ ।
दाेस्राे पटक निर्वाचीत हुनुभएका अध्यक्ष चौधरीले अघिल्लो कार्यकालमा थुप्रै विकासका याेजनाहरू समेटेर वडालाई अगाडि बढाउन निरन्तर लागिरहनुभएकाे छ । पछिल्लो समय कपिलवस्तु जिल्लास्थित विजयनगर गाउँपालिका वडा नं.७, ले विकासमा फड्को मारिरहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिनेश कुमार चौधरी अहोरात्र खटिरहनुभएको छ ।
उहाँले अघिल्लो कार्यकालमा रहेका योजना र वडालाई नमुना वडा बनाउन आफुले देखेकाे सपना पुरा गर्न पुन अवसर पाएकाे र याे कार्यकालमा आफ्नाे वडा नमुना वडा बनाउने याेजना रहेकाे बताउनुभयाे ।
जनताले अपेक्षा गरेका काम सम्पन्न गरेर यस वर्ष पनि वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको जनकारी दिनुभयाे।
उहाँले भन्नुभयो, हामी उपभोक्ता समिति गठन गर्ने प्रकियामा छौँ हामीले विकास योजनाका कामहरु केही सम्पन्न गरेका छौँ भने केही योजनाहरुको काम सुरु हुन लागेको छ।
वडामा शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रलाई पहिलो प्राथमिकता दिदै उपभोक्ता समिती मार्फत विकास योजनाका कामहरु तिव्र गतीमा अघि बढिरहेकाे बताउनुभयाे।
महिलाहरूकाे सुरक्षा र सुविधाको लागी गर्भती महिलाले चार पटक नियमित जाँच गरेको बर्थिङ सेन्टरमा बच्चा जन्माए पैंतीस दिनमा जन्मदर्ता बनाएको महिलाहरुलाई सिरक र आधा केजी घिउ वितरण गरिने व्यवस्था वडाले गरेको यसले गर्दा समयमै जन्म दर्ता बनाउने र जाँच गर्ने संख्या बढेको सँगै विवाह दर्ता बनाउने संख्या पनि बढेको बताउनुभयो।
त्यसैगरी वडाको वर्थिङ सेन्टरमा बच्चा जन्माउन नसक्ने महिलाहरुलाई नेपालभरि जुनसुकै अस्पताल सम्म लैजान एम्बुलेन्स निःशुल्क गरेको बार्थिङ सँगै ल्याब टेस्ट पनि व्यवस्था गरिएको जनकारी दिनुभयाे।
त्यसैगरि सडकको व्यवस्थापनमा पनि यस वडाले विशेष पहल गरेके छ। वडा अध्यक्ष चाैधरीले भन्नुभयाे, ‘नौं ओटा बुँदा समेटेर पत्र बनाएर लागू गरेको उक्त बुँदा लागू नगर्ने व्यक्ति वा परिवारले पालिका र वडाबाट पाउने सुविधा वञ्चित गरिने व्यवस्था गरिएको यसो गर्दा रोडमा हुने अवरोधहरू हटिने र नालाहरु पनि सरसफाइका साथै रोगहरू नियंत्रण र दुर्घटना पनि कम भएकाे छ। ‘
वडालाई व्यवस्थित गर्न सडकमा रहेका घर टहरा लगाएत अवरोधहरू हटाउन यस वडाले बिशेष पहल गरेकाे र तीन महिनाकाे समयअवधि दिएको लागू नगर्ने र अटेर गर्ने ७७ जनालाई कारवाही गरिएको जनकारी दिनुभयाे।
वडामा रहेका सडक अथवा चोक चोकमा सडक बत्ती जडान गरिएको छ। रातिकाे समयमा हुनेे दुर्घटना कम भएकाे वडा अध्यक्षले जनकारी दिनुभयाे।
महिलाहरुको लागि २३ जना महिलालाई एनजीओ संस्था मार्फत भैंसी पालन सम्बन्धी कार्यक्रमहरु राखेको र प्रत्येक महिलाहरुलाई भैंसिकाे बच्चा (पाडी) वितरण गरिएको साथैं गरीब तथा विपन्न महिलाहरुलाई मेसिन तालिम सहित झोला बनाउने कार्यक्रम पनि राखेको जसले गर्दा आय स्रोत पनि बढ्ने ३० जना महिलालाई सिलाई कटाई तालिम ४० दिनको मेसिन सहित हस्तान्तरण गर्ने जसले गर्दा रोजगारीको सिर्जना हुन्छ।
ठाउँ समथर भए पनि कुनै कुराको विकास छैन सबै कुरामा पछाडि रहेको गरीब र सुखुम्बसी धेरै रहेको युवाहरूको लागि आम्दानी गर्न खोज्ने युवालाई सहयोग गरिएको ।
स्किल स्कूल कार्यक्रम मार्फत विद्ालय छाेडेका युवालार्इ लक्षित गरेर युवाहरुलाई सीप सिकाइने र वडामा रहेको ताल तलैया व्यवस्थापन गर्ने र व्यवसाय वा आम्दानीको लागि युबालाइ उपलब्ध गराउने बताउनुभयाे ।
आफ्नो कार्यकाल भित्र कृषिलार्इ व्यबसाय गर्ने र विकास निर्माणमा जाेड्न विशेष पहल गर्ने सडकहरु सफा राख्ने, काम गर्ने अघि सर्ने महिला तथा युवालाई अनुदान दिने जोड दिने बताउनुभयाे ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ७ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर दाेस्राे पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीलाई विशेष धन्यबाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







