Share Icon

बारा । बाराकाे बारागढी गाउँपालिकामा स्तनपायी आमालाई आयुर्वेदिक औषधी वितरण गरिएको छ ।

प्रदेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बाराकाे आयाेजनामा स्तनपायी आमालाई आयुर्वेदिक औषधी वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष अशाेक जयसवालले बताउनु भयाे ।

उहाले मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत स्तनपायी आमालाई निशुल्क दुग्धवर्धक जडिबुटी जन्य औषधी वितरण गरिएको जानकारी दिनुभयाे ।

३० जनालाई स्तनपायी आमालाई निशुल्क औषधी वितरण गरिएको उहाँले बताउनुभयो । यो कार्यक्रममा शतावरी चुर्ण(कुरीलोको धुलो), ज्वानो चुर्ण र दशमुल तेल वितरण गरिएको थियाे।

जसले सुत्केरी आमाको पोषिलो बनाउनुका साथै दूधको परिमाणलाई बढाई बच्चा र आमालाई हृष्टपुष्ट बनाउने प्रदेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएकाे छ ।

Facebook Comments Box

Share Icon