वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष चन्द
१४ जेठ,काठमाडाैं । पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ। पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ।
पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर ३ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ । अध्यक्ष मीन बहादुर चन्द ।
यस अघिको २०७४ सालको कार्यकाल पनि चन्दको भएको विकास र जनले चन्दलाई पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।
अहिले यो वडामा धेरै परिवर्तन आएको छ। विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन्।
वडामा पहिलो प्राथमिकता यातायात, स्वास्थ्य, शिक्षा, कृषी, खानेपानी लाई राखेर समग्र वडाका गतिबिधि भईरहेका छन। वडा अध्यक्ष चन्दले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।
वडा अध्यक्ष चन्दले थप्दै भन्नुभयो, ‘वडामा समस्या धेरै रहेका छन् बजेट सिमित छ । तर पनि सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको छौं ।’हाम्रो वडामा मुख्य समस्या भनेको खानेपानिको तथा रोजगारी रहेको छ ।
संहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष चन्दले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभया ।
शिक्षा, स्वास्थ्य , खानेपानीलाई प्राथमिकतामा राखेर वडाका गतिबिधि गरिरहेका छौं । वडा अध्यक्ष चन्दले उल्लेख गर्नुभयो । प्रत्यक टोल टोलमा गएर समग्र वडाको विषयमा छलफलका माध्यम बाट सबैभन्दा महत्वपुण योजनालाई मध्य नजर गरेर वडामा विकास निर्माणका कार्य अगाडी बढाई रहेको वडा अध्यक्ष चन्दले बताउनुभयो।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ।त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा दास्रो पटक वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







