वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष रामचन्द्र ऐरी
३ जेठ, काठमाडौं । भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ ।
साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा.वि.स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।
रामचन्द्र ऐरी २०७९ सालको स्थानिय तहको निर्वाचनमा सिगास गाउँपालिका वडा नं १ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यका साथै अहिले यस वडामा विकास निर्माणका साथै जनताका समस्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।
वडा अध्यक्षमा निर्वाचन हुन भन्दा पहिले व्यवसाय तथा २०४८ सालदेखि नै समाज सेवामा आबद्ध रहनुभएका रामचन्द्र ऐरी निरन्तर रुपमा उत्साहका साथ वडाका गतिबिधिमा गरिरहनुभएको छ ।
चालुआर्थिक वर्षको बजेट वडाका गतिबिधि ८० प्रतिशत काम गरेर सकेकाे बाकी काम पनि चाडै सक्ने तयारीमा रहेकाे तथा भुक्त्तानी चलीरहेको वडा अध्यक्ष ऐरीले बताउनुभयो ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कृषी, सडक, स्वास्थ्य, यातायात लागायतका विषयलाई मध्यनजर गरेर वडाका विकास निर्माणका कार्यहरु गरिहेको अध्यक्ष ऐरीले उल्लेख गर्नुभयो ।
उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
वडा अध्यक्ष ऐरीले भन्नुभयो, ‘यहाँका युवाहरुहरुलाई विदेश पलायन हुनेलाई कृषिमा व्यवसायिक मुलक बनाउन लागी रहेका छौ ।’
उहाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।
उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडाका मुख्य समस्या बिद्युत, सडक, खानेपानिमा रहेको छ । हामी लागी रहेका छाै केही कदम पनि चाली सकेकाे वडा अध्यक्ष ऐरीले बताउनुभयाे,’ जनतालाई विकासकाे मुहार हाम्राे कार्यकालमा महसुस गराउन लागी रहेका छाै । अागामी दिनमा झनै तिब्र गतिमा अगाडी बढ्ने छाै । ‘
वडा अध्यक्ष:रामचन्द्र ऐरी

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर१ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







