विकासका पूर्वाधारमा जाेड दिँदै वडा अध्यक्ष थारू
६ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ३ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । विकासले वडाकाे मुहार फेरिएकाे छ ।
पछिल्लो समय वडा नम्बर ३ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको जानकारी दिनुभयाे ।
वडा अध्यक्ष राम चन्द्र थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम तिब्र गतिमा अघि बढिरहेकाे बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायतका क्षेत्र सबैलाई समेटेर काम गर्न बताउनुभयाे। वडाका काम गर्दा थुप्रै चुनौतीका साथै अवसर पनि रहेको वडाध्यक्ष थारुले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘ अघिल्ला वर्षका बाँकी याेजनाहरू सडक , विद्यालय, खोपकेन्द्र लगाएत थुप्रै विकासका याेजनाहरू रहेकाे मेराे कार्यकालमा समापन गरेकाे साथैं नमुना वडा बनाउने लक्ष्य रहेकाे र साेहि अनुसार कार्यमा तिब्रता दिएकाे बताउनुभयाे ।’
उहाँले शिक्षा,स्वास्थ र कृषिलाई विशेष ग्रहयता दिएर काम गरिरहेकाे र वडाकाे याेजना उपभाेक्ता समितिमार्फत काम भईरहेकाे समेत जानकारि दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘गाउँमा भएका साना-साना झगडाहरु पनि हामिले वडामै मिलाउने गरेको छौ ।’ कृषि बिमा र सामाजिक सुरक्षा भत्ता घर-घरमै गएर वितरण गर्ने गरिएकाे उहाँले बताउनुभयो ।
त्यसैगरी स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै विकासकाे काम अगाडि बढाउँदै लैजाने उहाँले बताउनुभयाे ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ३ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







