Share Icon

♦योगेन्द्र योगी

बैशाख, संखुवासभा।  सभापोखरी गाउँपालिकाको वडा ५ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। जनताको एक एक रगत पसिनाबाट बनाइएको वडाको भवन अहिलेसम्म पनि संचालनमा नआएको स्थानियाहरुले बताएका छन्।

गाउँपालिकाले वडा नम्बर पाँचको वडा कार्यालयको भवन भनाएको भएपनि अहिलेसम्म वडा अध्यक्षय र सचिब कार्यालयमा नबस्ने गरेको स्थानियहरुले आरोप लगाएका छन्।

स्थानियहरुले पटक पटक अनुरोध गदा पनि कार्यालयमा वडा अध्यक्षय र सचिब उपस्थिति नरहेको र सोहि कुरालाई मध्य नजर गदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम वडा कार्यालयमै हुनुपर्ने माग राख्दै वडाबासीहरुले वडा कायलयमा तालाबन्दी गरेका छन् । एक महिना भित्र वडा कार्यालयमा काम नभए जस्तोसुकै कदम चल्ने उनीहरुले चेतावनी दिएका छन्।

कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेपछि समस्या समाधान गर्न अहिले छलफल भइरहेको वडा अध्यक्षय मनिष लिम्बुले जानकारी दिए। अध्यक्षय लिम्बुका अनुसार वडा कार्यालय दुर्गममा भएको कारण नेटको समस्या भएपछि अर्कै ठाउँबाट जनताहरुलाई सेवा दिन वडा सचिबले सेवा दिएको बताउनुभयाे ।

कार्यालय सहयोगी मात्र कार्यालयमा बस्ने गरेको भएपनि दुई दिनदेखि कार्यालय बन्द गरेर लोकसेवा दिन गएको बताउनुभयाे । अध्यक्षय लिम्बु भन्नुभयाे, ‘ बिना जानकारी कार्यालय सहयोगी कार्यालय बन्द गरेर हिडेपछि स्थानियहरुले तालाबन्दी गरेको उहाँले बताउनुभयाे । अहिले छलफल भइरहेको अब आइतबार देखि कार्यालय नियमित संचालन हुन्छ’ ।

 

 

Facebook Comments Box

Share Icon