राजापुर नगरपालिकाले प्रोफाइल तयार गर्ने
काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिकाले पालिका भित्रका बासिन्दाको प्रोफाइल तयार गर्ने भएको छ । यहाँका बासिन्दाको बिस्तृत बिवरण संकलन गर्ने उदेश्यले बिस्तृत रेकर्ड आइ एल जी प्रोफाइल बनाउन लागिएको हो ।
प्रोफाइलमा नगरपालिका भित्र बसोवास गर्ने बच्चा देखि बृद्ध उम्मेर सम्मका व्यक्तीहरुको आर्थिक,शैक्षिक,स्वास्थ्य,रोजगारिको अवस्था कस्तो छ । वाटोघाटोको पहँच बिद्यालय,क्याम्पस सम्मको दुरी, स्वास्थ्य चौकि सम्मको दुरी, गर्भवती जाँच, बालमृत्यु , जग्गा जमिन आम्दानीको श्रोतहरु लगायतका बिषयहरु समेटिने छन् । प्रोफाइल निमार्ण गर्न पालिकाले १० वडाका ५४ जना युवा युवतिहरुलाइ तालिम दिएको छ ।
चैत्र २० गते राजापुर नगरपलिका वडा नं ६ का वडा अध्यक्ष असराज न्यौपानेले उद्घाटन गर्नुभएको तालिमको बुधवार समापन गर्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले आइ एल जी प्रोफाइल बाट यहाँका बासिन्दाको सम्पूर्ण अवस्था झल्कीने भएकाले आगामि दिनमा सहज हुने बताउदै यस्तो महान कार्यको सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
तालिमको स्वतन्त्र अनुसन्धान कर्ता भोला कोइरालाले प्रशिक्षण दिनुभएको हो । संघिय मामिला मन्त्रालयको पीएलजिएस्पी प्रोजेक्ट अनुसार राजापुर नगरपालिकाले प्रोफाइल बनाउन लागेको हो ।







