Share Icon

♣ध्रुब कार्की

३० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित इन्द्रसरोवर गाउँपालिका साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स.का राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीविहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात नामाकरण गरी बनाईएको गाउँपालिका हो । हाल यस गाउँपालिकालाई ५ वटा वडामा विभाजन गरीएको छ ।

साबिक सिस्नेरी गा.वि.स. का ९ वडा समेटेको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ मकवानपुर जिल्लाको उत्तर पुर्बी भेगमा अवस्थित रहेको छ ।

पछिल्लो समय इन्द्रसरोवर गाउँपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा प्रताप भोम्जन निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष प्रताप भोम्जन ।

वडा अध्यक्ष भोम्जनले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष भोम्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

उहाँले वडाको स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको बताउनुभयो ।

वडामा खानेपानीको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष भोम्जनले बताउनुभयो ।

अध्यक्ष भोम्जनले भन्नुभयो, “हामीले वडामा खानेपानीको क्षेत्रलाई प्राथमिकता दिएसँगै वडाबाट लिफ्टीङ खानेपानीमा पचास प्रतिशत अनुदान दिएसँगै वडामा बालमैत्री धारालाई पनि जोड दिदैँ एक घर दुई धारा बनाउने अवधारणका साथ हामीले बृहत रुपमा कामहरु गरीरहेका छौँ ।

त्यसैगरी वडामा रहेका सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई रासायनिक मल ल्याउन लाग्ने ढुवानी खर्चमा प्रती बोरा सय रुपैँया अनुदान दिइएको बताउनुभयो ।

अध्यक्ष भोम्जनले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई नेर्पा संस्था सगँ सहकार्य गरेर विभिन्न कार्यक्रम तथा मौरी पालन लगाएत तरकारी खेतीलाई व्यवसाय बनाउने उद्देश्यले सिपमुलक तालिमहरु प्रदान गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भोम्जनले भन्नुभयो, “हामीले वडामा रहेका बाह्र कक्षासम्मको इन्जिनियरिङ विद्यालयलाई ब्याचुलर सम्म बनाउने र शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन हामी लागीरहेका छौँ ।”

उहाँले वडामा रहेका सम्भावित पर्यटन क्षेत्रहरुलाई प्रबद्र्धन उद्देश्य सँगै वडाका विभिन्न समुदायका जातजातीहरुको पहिचानका लागि धार्मीक तथा सांस्कृतीक परम्पराहरु जोगाउदै अघि बढ्ने योजना रहेको जानकारी दिनुभयो ।

३ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष भोम्जनले बताउनुभयो ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष भोम्जन भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र वडाबासीहरुको समस्यालाई सामाधान गर्दै वडाको सडक र खानेपानीको समस्याहरुलाई निवारण गर्दै आफ्नो वडालाई समृद्ध वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box

Share Icon