वडामा सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष रिजाल
♣ध्रुब कार्की
२१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ८ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा केशव प्रसाद रिजाल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । पछिल्लो समय शिवपुरी गाउँपालिका वडा नम्बर ८ ले विकासको फड्को मारिहेको छ ।
वडा अध्यक्ष रिजालले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहेको छु ।”
वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष रिजालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ८ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”
वडामा सडकको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष रिजालले बताउनुभयो ।
वडामा रहेका सडकहरुलाई अध्ययन गरेर हिउँद र वर्षा दुवै समयमा संचालन हुने गरी थोरै तर दिर्घकालीन रुपमा सडकहरुलाई सघं तथा प्रदेशको बजेटअनुसार ढलान तथा स्तर उन्नती गरेर व्यवस्थापन गर्ने योजनाअनुसार कामहरु भइरहेको अध्यक्ष रिजालले बताउनुभयो ।
त्यसैगरी उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गरेर विभिन्न कृषि प्राविधीकहरु मार्फत वडामा रहेका बालिनालीहरुलाई रोगहरुबाट कसरी बचाउन सकिन्छ भनेर किसानहरुलाई तालिम तथा कार्यक्रम प्रदान गर्दै सिचाईको लागि कुलोहरु निमार्ण गरेर ढलान तथा मर्मत गर्ने योजना रहेको बताउनुभयो ।
वडा अध्यक्ष रिजालले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका छौँ साथै सबै विद्यालयहरुमा बाल कक्षाहरु सञ्चालन गर्दै शिक्षालाई गुणस्तर बनाउन हामी अघि बढीरहेका छौँ ।”
वडामा निमार्ण भइरहेको स्वास्थ्य भवन सम्पन्न गरेर विभिन्न ल्याब सँगै प्राविधीकहरु व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई आर्य आर्जनमा जोड्नका लागि झोला तथा अन्य सिलाई बुनाई, ब्युटीपार्लर सम्बन्धी सिप मुलक तालिमहरु प्रदान गर्दै अन्य सिपमुलक तालिमहरुको लागि वडामा छलफल गरीरहेका छौँ ।”
त्यसैगरी वडामा रहेका बेरोजगारी युवा तथा महिलाहरुलाई पशुपालन गर्नेलाई गोठ निमार्ण तथा सुधार गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा कामहरु भइरहेको अध्यक्ष रिजालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि राजनितीक तथा व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
८ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ८ का अध्यक्ष रिजालले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’







