Share Icon

हस्ता विष्ट

१२ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष राम काजी गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष राम काजी गुरुङ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

भौगोलिक हिसाबले पोखरा महानगरपालिका वडा नम्बर २३ अरु वडा भन्दा ठुलो वडामा पर्दछ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष राम काजी गुरुङ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा बाटोलाई पहिलो प्राथकिता दिदै टोल टोलमा सिढी बाटो बनाउने, बाटो चौडा गर्ने र बाटो कालोपत्रे गर्ने काम भईरहेको छ । त्यस्तै नमुना गाउँ र नमुना गोरेटो बाटो बनाउने अभियानका साथ बाटो चौडा बनाउदै सडक वत्ति जोड्ने योजना रहेको उहाँले बताउनुभयो । ”

वडा अध्यक्ष राम काजी गुरुङ निर्वाचित हुनुभन्दा पहिले पञ्चासी वन संरक्षण क्षेत्रको र माछापुच्छे« विकास संघको एन्जीयोको अध्यक्षमा रहेर काम गरेर साथसाथै अहिले वडा अध्यक्षमा निर्वाचित भईसकेपछि जनताको विकास र समृद्धिको लागि वडामा अहोरात्र खटिरहनुभएको छ ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि शिक्षा महाशाखाबाट समन्वय गरेर प्राविधिक शिक्षा ल्याउनको लागि वडाबाट विशेष जोड दिएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

त्यसै गरी वडामा उज्यालो सडकको लागि अन्डरग्राउन्डबाट ११०० मिटरमा सडक बत्ति जडान गर्ने योजना रहेको उहाँले बताउनुभयो । त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्य चौकीको भवनको निमार्ण गर्ने काम भईरहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” यो वडामा कृषिको लागि सबैभन्दा सम्भाव्य वडा रहेकोले कृषिलाई विशेष जोड दिदै कृषिलाई व्यवसायमय बनाउन कृषिजन्य औजारहरु वितरण गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी वडालाई पर्यटकीय क्षेत्र बनाउन र्धािर्मक तथा पर्यटकीय क्षेत्रलाई विशेष जोड दिए संसगै पञ्चधाम मन्दिर लगायत अन्य मन्दिरहरुको मर्मत सम्भार गर्ने कामहरु तीव्र गतिमा भईरहेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , ” वडामा साना तिना योजनाहरु रहेका छन् । उक्त योजनाहरु सम्पन्न गर्नको लागि वडामा हामी अहोरात्र खटिरहेका छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर २३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon