Share Icon

७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला फिक्कल गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा मोहन मगर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

 पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको उहाँले बताउनुभयाे ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।

पहिला गाउँपालिकाबाट मात्र हुने दैनिकी सेवा सुविधाहरुलाई अहिले वडाबाटै इन्टरनेट प्रणाली मार्फत सेवाग्राहीहरुलाई सेवा सुविधाहरु प्रदान गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

अध्यक्ष मगरले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा सडक र शिक्षालाई प्रथामिकता राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले वडामा दश लाख भन्दा माथि हुने कार्यलाई टेण्डरको व्यवस्था लागू गरिएको बताउनुभयो ।

उहाँले वडामा कार्यपालिकाले सहयोग नगरेको गुनासो व्यक्त गर्नुभएको छ, वडामा रहेका सडकहरु निर्माण तथा मर्मत गर्नका लागि आफ्नै गोजीको रकमले डिजेल किनेर कामहरु सम्पन्न गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी वडालाई बालमैत्री बनाउनको लागि आह्वान गरेसँगै टोल सरसफाई तथा बोटबिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष मगरले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले शीर्ष नेपाल सहकार्य र रिलिज नेपालसगँको सहकार्यमा सिलाई बुनाई, पलम्बिग लगाएत हाउस वायरिङको तालिमहरु प्रदान गरेका छौँ ।”

त्यसैगरी वडामा रहेका बेरोजगार युवा तथा महिलाहरुलाइ नेपालमै केही गर्नु पर्दछ, भन्ने सन्देश दिने कार्यक्रमको साथै हेल्पर नेपाल र प्रभु बैंकसँगको साझेदारीमा ६ प्रतीशतको ब्याजमा लोन दिने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

वडामा कृषि सिंचाईको लागि प्रदेश संघ र गाउँपालिका सँगको सहकार्यमा सिचाई नभएको ठाउँका किसानहरुलाई दुई हजार लिटरको ट्यांकी वितरण गर्ने र दैनीक प्रयोग गरेको पानी बाट तरकारी खेती वा कृषि गर्ने संकल्प रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले जनतालाई भनेको र उहाँहरुले अपेक्षा गरेका कुरा पुर्याउने हर सम्भव प्रयास गरेर सघं र प्रदेश सग प्रस्ताव राखेर पूरा गर्ने योजना बनाएको छु ।”

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडाबासीहरुलाई आफ्नो खुट्टामा आफै उभिन र कृषिमा निर्भर बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ४ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon